राजनीति


महाकालीमा तुइन काटिएको घटना : भारतीय पक्षको संलग्नताबारे गृहमन्त्री मौन

संसदमा भने : नेपाली युवा तुइनबाट खसेछन्, छानबिन हुँदैछ
महाकालीमा तुइन काटिएको घटना : भारतीय पक्षको संलग्नताबारे गृहमन्त्री मौन

नेपालखबर
साउन १८, २०७८ सोमबार १३:२९, काठमाडौँ

एकजना नेपाली युवाले दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा भारतीय पक्षले तुइन काटिदिएको घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले सोमबार राष्ट्रियसभामा जवाफ दिएका छन्। सरकारको तर्फबाट घटनाबारे जानकारी दिने क्रममा उनले तुइन काट्न भारतीय संलग्ताबारे मौनता साँधेका हुन्। 

गृहमन्त्री खाणले घटनाको जानकारी संसदलाई दिँदै महाकालीको मालघाटमा तुइनबाट तर्ने क्रममा दु:खद, गम्भीर र संवेदनशील घटना भएको मात्रै उल्लेख गरे। त्यस घटनामा प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बलको संलग्नताबारे बोलिरहेको अवस्थामा गृहमन्त्री भने मौन बसेका हुन्। 

'नेपालका केही नदीहरुमा अझै पनि तर्न तुइनको प्रयोग गर्नु परिरहेको छ। महाकाली नदीमा चारवटा तुइनहरूलाई विस्थापित गरेर झोलुंगे पुल निर्माण कार्य अघि बढिरहेको छ', उनले भने, 'महाकाली नदीमाथि मालघाटमा पनि झोलुङ्गे पुल बनिरहेको छ। तर अहिलेको असहज परिस्थितिले निर्माण भएको छैन। मालघाट तर्ने क्रममा दार्चुलामा दुख गम्भीर र संवेदनशील घटना भएको छ।'

उनले  साउन १५ गते  बिहान ब्याँसका ३३ वर्षीय जयसिंह धामीसहितका व्यक्तिहरु व्यास-२ बाट सदरमुकाम पुग्न तुइन तर्ने क्रममा घटना भएको बताएका छन्। 'जयसिंह धामी महाकाली नदीको तुइन तर्ने क्रममा बेपत्ता भएको भनेर नरेन्द्रसिंह धामीसहितले निवेदन दिएका थिए', उनले भने, 'नेपालकै मालघाटबाट दार्चुला सदरमुकाम खलंगाका लागि हिँडेका उनीहरुले भारतको छोटो बाटो रोजेका थिए। नेपलको बाटोबाट जान दिनभरी लाग्छ। तुइनबाट पारी गएर धार्चुलाबाट पुल तरेर दार्चुला आउन एक घण्टा मात्रै लाग्छ।'

उनले दार्चुलाबाट घटना छानबिन गर्न सशस्त्र प्रहरी नायव उपरीक्षक वृजसिंह धामी र नेपाल प्रहरीका डिएसपी नरेन्द्र सिंह धामी घटनास्थल गएको बताए। उनले त्यस घटनाका प्रत्यक्षदर्शी अनिता धामी, विक्रम राङ्खोले र कल्याण धामीलाई जिल्ला ल्याइएको बताए।

घटनापछि दार्चुला सदरमुकाममा सर्वदलीय बैठक बसेको पनि बताए। 'जयसिंहको खोजतलास गर्न जिल्ला सदरमुकाम र गाउँका नौवटा प्रहरी पोस्ट परिचालित छन्। सीमा सुरक्षाका पाँचवटा बेसबाट खोजी भइरहेको छ,' उनले भने, 'यो घटनाको छानबिन गर्न १० दिन समय दिएका छौँ। केन्द्रमा गठित टोली आजै धनगढी प्रस्थान गरेको छ। छानबिनबाट सत्यतथ्य ल्याउने संकल्प गरेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad