राजनीति


स्थानीय तहका जनप्रतिनिधिलाई तलब दिन बनेको कानून सर्वोच्चद्वारा खारेज

स्थानीय तहका जनप्रतिनिधिलाई तलब दिन बनेको कानून सर्वोच्चद्वारा खारेज

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ९:१,

स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले रोक्न आदेश दिएको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले प्रदेश र स्थानीय तहले आफूखुसी पारिश्रमिक दिन मिल्ने गरी बनाएका कानून खारेज गरेको हो।

संवैधानिक प्रावधान विपरीत कानून निर्माण भएको भनी अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि गतसाता सुनुवाई सकिएको थियो।

 रिट निवेदनको सुनुवाईपछि संवैधानिक इजलासले कानून खारेजको फैसला गरेको हो।

प्रदेश १ बाहेकका सबै प्रदेशहरुले कानून निर्माण गरी आफूखुसी तलब लिँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .