राजनीति


कोरोना खोप चाँडै ल्याऊँ, गरिब वर्गलाई राहत दिऊँ : डिला संग्रौला

कोरोना खोप चाँडै ल्याऊँ, गरिब वर्गलाई राहत दिऊँ : डिला संग्रौला

नेपालखबर
साउन १५, २०७८ शुक्रबार १४:२८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोभिडविरुद्ध खोप पुर्‍याउने कामलाई उच्च प्राथमिकता दिएर आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न सरकारसँग आग्रह गरेकी छन्। 

प्रतिनिधिसभाको जारी बैठकको शून्य समयमा उनले कोभिडविरुद्ध खोप पुर्‍याउने कामलाई उच्च प्राथमिकता दिएर आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न सरकारसँग आग्रह गरेकी हुन्। 

‘नयाँ सरकार गठन भए पछि आमजनताको अपेक्षा पनि बढेको छ। कोरोना महामारीका कारण लाखौं जनताले रोजगारी गुमाएका छन्,’ संग्रौलाले भनिन्, ‘ लाखौं बालबालिकाले पढ्न पाएका छैनन्। सरकारले कोभिडविरुद्ध खोप पुर्‍याउने कामलाई सर्वोच्च प्राथमिकता दिनुका साथै आर्थिक रुपले कमजोर वर्गलाई तत्काल राहत घोषणा गर्न आग्रह गर्दछु।’

उनले सरकासँग महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गरिन्। ‘कोभिडका कारण घरेलु हिंसा, महिलाविरुद्ध हिंसाका घटनाहरु बढेका छन्।  प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन्,’ संग्रौलाले भनिन्, ‘ती मध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढी हराइरहेका छन्। त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad