छापा खबर


विप्लवका २१ कार्यकर्ता त्यस्तो ठाउँमा पक्राउ परे, जहाँ जनयुद्धकालमा पनि प्रहरी पुगेको थिएन

विप्लवका २१ कार्यकर्ता त्यस्तो ठाउँमा पक्राउ परे, जहाँ जनयुद्धकालमा पनि प्रहरी पुगेको थिएन

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ५:१५,

विप्लव नेकपाको बैठकस्थल कब्जा गरी २१ नेता कार्यकर्ता पक्राउ गरेको ठाउँलाई प्रहरीले दाङको राजपुर गाउँपालिका-४ मरेठा भनेको छ।

त्यसो त घटनापछि यो स्थानलाई मुङ्रेठाखोला भनेर चर्चा गरिए पनि यो ठाउँको वास्तविक नाम मगराइना रहेको स्थानीयले बताएका छन्।

स्थानीयले टेलिफोन सम्पर्कमा दिएको जानकारीअनुसार सात घर मात्रै रहेको जंगलबीचको यो एउटा जनयुद्धकालमा पनि निकै सुरक्षितस्थलका रूपमा

तत्कालीन माओवादीले प्रयोग गरेको थियो। उनीहरूका अनुसार जनयुद्धकालमा सरकारी सुरक्षाकर्मी यो ठाउँमा एकपटक पनि पुगेका थिएनन्।

यो ठाउँ गढवाभन्दा झन्डै १६ किलोमिटर टाढा छ। इलाका प्रहरी कार्यालय रहेको गढवा बजारबाट आठ किलोमिटर दुलैया पुगेपछि रोहिनिया खोला हुँदै दक्षिणतर्फ बर्गद्दा भन्ने ठाउँमा पुगिन्छ, जहाँ बुधबार राति ११ बजे प्रहरी भ्यानबाटै पुगेको थियो।

यहाँबाट आधा घण्टा हिडेपछि मुङ्रेठाखोलाको विद्यालयमा पुगिन्छ, त्यहाँबाट पनि एक घण्टाको पैदल उकालोपपछि मात्रै मगराइना पुगिन्छ, जहाँबाट मध्यरातको १ बजे प्रहरीले विप्लव नेकपाका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

‘राति १२ बजे मुङ्रेठागाउँमा मोटरसाइलको आवाज सुनिएको थियो’, एक स्थानीयले भने– ‘कोही बजार गएका व्यक्ति फर्के होलान् भनेका थियौं तर प्रहरी रहेछ।’ प्रहरीले बर्गद्दामै भ्यान राखेको भए पनि एउटा मोटरसाइकल मुङ्रेठागाउँसम्म पुगेको स्थानीयको भनाइ छ।

त्यहाँबाट एक घण्टा उकालो पैदल हिडेर मगराइना गाउँमा प्रहरी पुग्दा विप्लव नेकपाका नेता कार्यकर्ता तीन घरमा बाँडिएर सुतेका थिए। तीमध्ये दुईवटा घरलाई प्रहरीले घेरा हानेर नियन्त्रणमा लियो भने बाँकी एक घरमा प्रहरी पुग्न सकेन।

प्रहरी पुग्दा विप्लव नेता कार्यकर्ता भर्खरै बैठक सकेर सुतेका थिए। निकै एकान्त र जनयुद्धकालमा पनि सुरक्षाकर्मी नपुगेकाले हुनुपर्छ, उनीहरू सेन्ट्री पनि नराखी सुतेको देखिएको छ। यद्यपि प्रहरी स्रोतले भने बैठकस्थल भन्दा केही तल सेन्ट्री राखेको पाइएकाले उनीहरूलाई झुक्याउँदै अर्को बाटो प्रयोग गरेर बैठकस्थल पुगेको जनाएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा नरेन्द्र केसीले लेखेका छन्।

बैठक हुनुभन्दा एक दिनअघि मात्रै नयाँ मानिसको आवत–जावत शुरू भएको प्रहरी कार्यालयमा गोप्य सूचना पुग्यो। सूचनाको आधारमा प्रहरीले सादा पोशाकका प्रहरी खटायो। केन्द्रीय नेताहरू राप्ती ब्यूरो बैठकको लागि आएको र महासचिव विप्लव नै आउन सक्नेसम्मको सूचना प्रहरीले पाएको थियो।

त्यसपछि प्रदेश, जिल्ला, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका गरी २० जना प्रहरी घटनास्थल पठाइएको थियो। दिउँसोको समयमा गाडी जाने ठाउँबाट झन्डै डेढ घण्टाको पैदल यात्रापछि मगराइना पुग्न सकिने भए पनि रातिको समयमा र निकै गोप्यरुपमा जानुपर्ने भएकाले झन्डै तीन घण्टा पैदल हिँडेर बैठकस्थल पुगिएको प्रहरी स्रोतको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad