राजनीति


दुई तिहाई मत बाँदरको हातमा नरिवलः कमल थापा

दुई तिहाई मत बाँदरको हातमा नरिवलः कमल थापा

नेपालखबर
असार ४, २०७६ बुधबार १२:५७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।

अध्यक्ष थापाले ओली नेतृत्वको वर्तमान सरकारलाई जनताले दिएको दुई तिहाई मत ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको भनि कडा टिप्पणी पनि गरे। उनले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढ्ने अनकन्टक लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार दिशाहिन बन्न पुगेको प्रमुख प्रतिपक्ष कांग्रेसले पटकपटक बेइमानी गरेको उल्लेख गर्दै जनताले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा लिएको दावी पनि गरे।

अध्यक्ष थापाले कांग्रेस–कम्युनिष्ट नेतृत्वको सरकारले पटक पटक धोका दिएपछि आम जनताले आफ्नो पार्टीप्रति ठूलो आशा र भरोसा गरेको दावी पनि गरे।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मुलुकको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने दृढता पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .