ad ad

राजनीति


'आयोगले नेकपा विवादमा गरेको गल्ती जसपामा सच्यायो'

'आयोगले नेकपा विवादमा गरेको गल्ती जसपामा सच्यायो'

मणि दाहाल
साउन १२, २०७८ मंगलबार ६:५२,

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई लिएपछि महन्थ ठाकुर पक्षमा लागेका सांसद तथा स्थानीय पदाधिकारीहरूको के हुन्छ भन्ने चासोका साथ हेरिएको छ।

जसपा बिबादमा आधिकारिकता दावी गर्दै परेको निवेदनमा फैसला दिँदै आयोगले यादव पक्षको दावी स्वीकार गरेको हो। आयोगले विगतमा जस्तो 'हेड काउन्ट' मार्फत् आधिकारिक भएको निर्णय गरेको छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेकपाको बिबादमा आयोगले यो विधि नअपनाएर अनिर्णयको बन्दी भएको अवस्थामा धेरै बिबाद भएको र अहिले त्यो निर्णयमार्फत सच्याएको बताए। 

'विगतको आलोचनाको शिक्षा लिएर अहिले आयोगले निर्णय गरेको छ। यो कानुन बमोजिमको प्रक्रियालाई अघि बढाउनु भयो,' पोखरेलले भने, 'विगतमा हामीबीच मत एक हुन सकेको थिएन। अब मिलेर जान्छौ भनेर पनि नेताहरुले भन्न सक्दछन्। त्यस्तोमा समस्या नहुने भयो  नयाँ दल खोल्दा दल त्याग सम्बन्धी व्यवस्था आकर्षित हुन्छ।'

सोमबार भएको कार्य समितिको हेड काउन्टमा ठाकुरको पक्षमा हस्ताक्षर गर्नेमा सात जना सांसद  छन्।

ठाकुरले नयाँ दल खोले उनीहरुको हैसियत के हुन्छ भन्ने प्रष्ट छैन। 

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा दल त्याग सम्बन्धी व्यवस्था रहेको छ । जसमा दल त्याग सम्बन्धी तीन वटा व्यवस्था रहेको छ।

अर्को दलको सदस्यता लिएमा वा आफैले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने व्यवस्था रहेको छ।

'कतिपय विषयहरुमा अझै के हुन्छ भनेर स्पष्ट भएको छैन्' पोखरेलले भने। ठाकुर पक्षलाई निर्वाचन आयोगमा कार्यसमितिको गरेको हस्ताक्षरमा दलको ४० प्रतिशत संख्या पुर्‍याउन सकेको देखिदैन। 

५१ सदस्यीय केन्द्रिय कार्यसमितिमा ठाकुरको पक्षमा १६ जना मात्रै देखिएका छन् । ठाकुरको पक्षमा ३१ प्रतिशत मात्रै सदस्य रहेको छ। 

दफा ३३ को उपदफा  (२) मा कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन भनेर उल्लेख छ। 

दल खोल्न सक्ने अनुमति दिएको छ तर उनीहरुको केन्द्रीय कार्यसमिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउँदा नसकेको अवस्थामा सो दलमा सहभागी हुने सांसद तथा अन्य जननिर्वाचित पदाधिकारी तथा सदस्यको सो दलमा संलग्न भए दल त्याग गरेको मानिने छ। 

१५ महिनाअघि समाजवादी पार्टी र राष्ट्रिय जनता दलबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। 

निर्वाचन आयोगका पूर्व सचिव मधु रेग्मीले यसअघि साना दलहरु मात्रै विभाजनको विषयलाई निरुपण गर्दै आएको जसपाको बिबाद निरुपणमा जस्ताे साेमबार भने ठूलाे दलका लागि पनि गरेकाे टिप्पणी गरे। 

'विगतमा दल विभाजनको अवस्थाहरु भएका थिए । साना दलहरूको मात्रै विभाजन भएको थियो । एक वा दुई वटा सीट भएको थियो। यति धेरै सांसदहरुको रहेको दल विभाजन भएको थिएन। 

त्यो विषय कसरी अघि बढ्छ त्यो भने चासो विषय रहेको छ,' रेग्मीले भने, 'दुई सांसद थिए। दुई तिर भए त्यसैले यो प्रश्न नै उठेको थिएन। अहिले नयाँ अवस्था हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .