ad ad

राजनीति


राजेन्द्र महतोको प्रतिक्रिया : विभाजन दुर्भाग्यपूर्ण, नयाँ वैकल्पिक शक्ति बनाउँछौँ

राजेन्द्र महतोको प्रतिक्रिया : विभाजन दुर्भाग्यपूर्ण, नयाँ वैकल्पिक शक्ति बनाउँछौँ

नेपालखबर
साउन ११, २०७८ सोमबार १५:१४,

जनता समाजवादी पार्टीका वरिष्ठ  नेता राजेन्द्र महतोले पार्टी विभाजनलाई दुर्भाग्यपूर्ण भनेका छन्। निर्वाचन आयोगमा कार्यकारिणी समिति सदस्यको हेड काउन्ट सकिएपछ बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। 

महतोले आफूहरु अल्पमतमा परे पनि केही  फरक नपर्ने बताए। 'दल कतै गएको होइन, जनताबाट निर्वाचित हुने कुरा हो, ५१ जनाको मात्रै पार्टी होइन', उनले भने, 'एक सालमै यो अवस्था आउला भनेर कल्पना गरेकै थिएन। अब हामी जनतामै जाने हो। दलसम्बन्धी, जनमतसम्बन्धी सबै निर्णय भएको छ। जनतालाई न्याय दिन हामीले एकता गरेका थियौँ । तर प्राविधिक विभाजन दुर्भाग्य पूर्ण हो।'

उनले अब आफूहरु वैकल्पिक शक्ति निर्माणमा जुट्ने पनि बताए। 'जनता वैकल्पिक शक्ति निर्माणमा अघि बढ्छ। अब बहुल राष्ट्रिय राज्य बनाउन सक्नुपर्छ। यो अभियान हामीले चलाउने हो', उनले भने, 'देशको शासन र संविधान सबै नेपालीका लागि चाहिन्छ। हामी विचलित हुने छैनौँ । हाम्रा लागि ओली या देउवा बराबरी हो। हामीले भनिरहेका छौँ प्रतिगामी संविधान बनाएकै हो। त्यसैले हाम्रो लडाइँ रोकिँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .