ad ad

राजनीति


भाजपा नेता चौथाइवालेको आरोप : बाबुराम भट्टराईले हिन्दु धर्मको अपमान गरे

भाजपा नेता चौथाइवालेको आरोप : बाबुराम भट्टराईले हिन्दु धर्मको अपमान गरे

नेपालखबर
साउन ६, २०७८ बुधबार १४:३८,

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दु धर्मको अपमान गरेको बताएका छन्। 

उत्तर प्रदेशमा मुख्यमन्त्रीसहितका बिजेपीका नेताहरूले पानीमा दूध चढाउँदै गरेको फोटो सेयर गर्दै बाबुरामले गरेको टिप्पणीप्रति चौथाइवालेले प्रतिटिप्प्णी गरेका हुन्।

चौथाइवालेले भट्टराईलाई इदको पूर्वसन्ध्यामा हिन्दु धर्ममाथिको विश्वास र विधिको अपमान गरेको बताएका छन् ।

‘प्रिय सर बाबुरामजी तपाई र तपाईको साहपाठीरूले इदको अवसरमा हिन्दु विश्वास र विधानको अपमानित गर्नु स्वभाविक नै हो’ चौथाइवालेले भट्टराईको ट्विटमा लेखेका छन्। 

भट्टराईले भने भारतमा रहेका सहसाठीहरूले एक अर्कोलाई पठाएको भनिएको फोटो सेयर गर्दै लेखेका थिए, ‘विश्वास खतरानक कुरा हो। यसले मानिसलाई दूध फ्याल्न र गहुँत खान बाध्य पार्छ।’ 

सत्तारुढ दल बिजेपीका नेताहरूको चौथाइवालेले भट्टराईको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेको पहिलो पटक भने होइन। यसअघि पनि भट्टराईको भारतीय पत्रिका द हिन्दुमा प्रकाशित लेख विषय बस्तुको आलोचना गर्दै कडा टिप्पणी गरेका थिए।

फोटोमा उत्तर प्रदेशमा मुख्यमन्त्रीसहितका बिजेपीका नेताहरूले पानीमा दूध चढाउँदै गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .