कथाघेराले निर्माण गरेको सर्ट फिल्म ‘अ गुड अपोलोजी’ आज युट्युबमार्फत रिलिज हुने भएको छ।
साँझ ६ बजे कथाघेराको आफ्नै युट्युब च्यानलमार्फत रिलिज हुने निर्माण टिमले जनाएको छ।
सुदाम सिकेले निर्देशन गरेको फिल्म आकांक्षा कार्की, सचिन मल्ल, बिनिता गुरुङ, अर्चना पन्थी, रोशनी स्याङ्बो, इंगि होपो कोइच सुनुवार लगायतका कलाकारको अभिनय छ।
फिल्मको सहायक निर्देशकमा सेबिता अधिकारी रहेकी छन् भने फिल्मलाई रजिला श्रेष्ठले खिचेकी छिन्।
फिल्म प्ले ब्याक कथा परिवेशमा आधारित छ। लकडाउनको बेला कथाघेराले जुममार्फत प्लेब्याक नाटक देखाउने गरेको थियो।
3
Shares
प्रतिक्रिया