ad ad

राजनीति


एमालेमा अर्को संगठन : महेश बस्नेतको 'साइबर सेना' जस्तै प्रभु साहको 'आइटी आर्मी'

एमालेमा अर्को संगठन : महेश बस्नेतको 'साइबर सेना' जस्तै प्रभु साहको 'आइटी आर्मी'

नेपालखबर
साउन ५, २०७८ मंगलबार १८:८,

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आलोचनाको केन्द्र बनिरहँदा नेता महेश बस्नेतले केही समयअघि साइबर सेना बनाएका थिए। बस्नेतकै पहलमा बनेको साइबर सेनाले ओली नेतृत्वको सरकारविरुद्ध उठेका आवाजको प्रतिरोधमा बोल्ने भनिएको थियो।

बस्नेतले बनाएको साइबर सेना अहिले सामाजिक सञ्जालमा सीमित छ। फेसबुकमा 'केपी ओलीका साइबर सेना, 'ओलीका साइबर सेना', सहितका ग्रुप बनाएर चलाइएको छ। जहाँ ओली नेतृत्वको तत्कालीन सरकार र एमालेको बचाउमा प्रयोग हुने फोटो, भिडियो र टेक्स्ट सेयर हुन्थे। 

तर साइबर सेनाको अवस्था अहिले कस्तो अवस्थामा छ, एमाले नेताहरु नै अनभिज्ञ छन्। यसबीचमा माओवादीबाट एमालेमा आएका पूर्वमन्त्री प्रभु साह नेतृत्वमा  मंगलबार‘आइटी आर्मी’नामक एउटा समूह गठन गरिएको छ। आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साह छन्। 

भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर ‘आइटी आर्मी’ घोषणा गरिएको छ। 'आइटी आर्मी' पनि बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमै सक्रिय संगठन रहेको नेता साहले बताएका छन्।

‘आइटी आर्मी’घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने चर्चा थियो। तर त्यहाँ अतिथिका रूपमा नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्टसहित उपस्थित थिए। त्यस्तै  एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल पनि कार्यक्रममा पुगेका छन्। नेता महेश बस्नेतले पनि आइटी आर्मी घोषणा कार्यक्रममा सहभागिता जनाए।

आइटी आर्मीको केन्द्रीय समितिमा १५१ सदस्य छन्। प्रदेश कमिटीहरू १०१ सदस्यीय, जिल्ला कमिटी ५१ सदस्यीय र पालिका कमिटी ३३ सदस्यीय बनाइएको छ। आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टेलिजेन्स विभागसमेत छ। आइटी आर्मीको घोषणापत्रमा सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .