ad ad

खेल


असोज ३ देखि ए डिभिजन लिग सञ्चालन हुनेमा शंका, चार क्लबले जनाए असहमति

असोज ३ देखि ए डिभिजन लिग सञ्चालन हुनेमा शंका, चार क्लबले जनाए असहमति

नेपालखबर
साउन ५, २०७८ मंगलबार १८:७,

सहिद स्मारक ए डिभिजन लिग तोकिएकै मितिमा हुनेमा आशंका बढेको छ।  

ललितपुरका ४ ए डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकपक्षीय रुपमा लिगको मिति घोषणा गरेकोमा असहमति जनाउँदै ए डिभिजन क्लबहरुको बैठक बोलाउने माग गरेका छन्। 

ललितपुरका जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष डा. लालकुमार पुनले मंगलबार संयुक्त रुपमा एन्फालाई पत्र बुझाएका हुन्। 

पत्रमा लेखिएको छ, ‘एन्फाबाट असार ३१ गते कर्मचारीको इमेलबाट पठाएको पत्रमा २०७८ साउन १० गतेभित्र टिम दर्ताका लागि पत्र पठाइएकोमा हामी ४ वटा क्लबहरुको असहमति रहेको जानकारी गराउन चाहन्छौँ।’

त्यस्तै असार १४ गते एन्फा र ए डिभिजन क्लबहरुको संयुक्त बैठकमा लिग प्रतियोगिताको मार्केटिङका लागि मात्र मिति तय गरौं भन्ने अध्यक्षको विशेष अनुरोधअनुसार हाललाई लिग असोज ३ गतेका लागि तय गरी अन्य विषयमा छलफल गर्न छिट्टै सम्पूर्ण क्लबहरुसँग बस्ने निर्णय भएको पत्रमा उल्लेख गरिएको छ।

‘उक्त सहमतिअनुसार नभई एन्फाबाट टिम दर्तासम्बन्धी एकपक्षीय रुपमा पत्र पठाएको कुरामा असहमति जनाउँदै ए डिभिजन क्लबहरुको यथाशीघ्र बैठक बोलाउन पत्रमार्फत अनुरोध गरिएको छ। 

चार क्लबले अहिले लिग आयोजना गर्नै उपयुक्त नभएकाले कोरोनाको संक्रमण दरमा कमी आएपछि मात्र लिगलगायतका फुटबल गतिविधि गर्न समेत सुझाव दिएका छन्। 

एन्फाले लिग असोज ३ गतेबाट सुरु गर्ने घोषणा गरेको थियो। केही ए डिभिजन क्लबले भने खेलाडी आबद्ध गर्नेदेखि लिगलाई लक्षित गर्दै तयारी सुरु गरिसकेका छन्। 

२०७६ सालमा भएको लिगको पछिल्लो संस्करणमा मछिन्द्र क्लब पहिलो पटक च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .