ad ad

राजनीति


गुठी विधेयक संसदीय प्रकृयाबाटै फिर्ता लिन कांग्रेसको माग

गुठी विधेयक संसदीय प्रकृयाबाटै फिर्ता लिन कांग्रेसको माग

नेपालखबर
असार ४, २०७६ बुधबार १२:३,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रिस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन्। बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले सो विधेयक फिर्ता लिएपनि गुठीयारहरुको मागलाई मनैदेखि स्विकार गर्न नसकेको दावी गर्दै सम्बन्धित पक्षलाई सचेत पनि गराए। सरकारले सडक र सदनको दवाव थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्विकार नगरेको प्रमुख सचेतक खाँडको दावी छ।

प्रमुख सचेतक खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो? भन्ने आशंका जन्माएको दावी पनि गरे।

गुठीलाई संस्कृति मन्त्रालय मातहत राख्न माग

यता, गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ।

समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धि भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तरगत राख्न सरकारसँग माग गरेका हुन्। बुधबार गुठीयारहरुले काठमाडौंको माईतीघर मण्डला आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरे।

संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पारे। नेवार समूदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .