सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका हुन्।
अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित तीन र माओवादीबाट दुई जना मन्त्री रहेका छन्। आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
प्रचण्डसँगको छलफलपछि नेता नेपालले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।
माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष यादव र नेता नेपालबीच भएको छुट्टाछुट्टै छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बताइएको छ।
Shares

प्रतिक्रिया