प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको रिक्त पदमा अधिवक्ता तेजबहादुर रावललाई मनोनीत गरेका छन्।
निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट राजीनामा दिएपछि रावललाई उक्त पदमा नियुक्त गरिएको हो ।
खाती महान्यायाधिवक्तामा नियुक्त भएपछि उनले निर्वाचन समिति सदस्य पदबाट राजीनामा दिएका थिए।
खातीले दिएको राजीनामा सभापति देउवाले स्वीकृत गरेर कञ्चनपुरका रावललाई निर्वाचन समिति सदस्य पदमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
51
Shares

प्रतिक्रिया