राजनीति


सभामुखले भने– विश्वासको मत लिने प्रक्रिया आजै पूरा हुन्छ

सभामुखले भने– विश्वासको मत लिने प्रक्रिया आजै पूरा हुन्छ

नेपालखबर
साउन ३, २०७८ आइतबार १२:७,

संघीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने प्रक्रिया आजै पूरा हुने बताएका छन्। 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै सभामुख सापकोटाले प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा उक्त प्रक्रिया सुरु हुने जानकारी दिए। 

‘आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, पूर्वसंविधानसभाका केही सांसदहरुको निधनमा शोक प्रस्ताव पास गर्ने, सरकारले पेस गरेका अध्यादेश टेबल हुन्छ र पहिलो बैठक समापन हुन्छ’, सभामुख सापकोटाले भने, ‘त्यसको केहीबेरमा दोस्रो बैठक प्रारम्भ हुन्छ। सोही बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुन्छ।’

गत असार २९ मा प्रधानमन्त्री देउवाले एक महिना (३० दिन) भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। 

उनलाई आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्ष, नेकपा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad