उर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कार्यभार सम्हालेकी छन्। भुसालले मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।
पदभार ग्रहण गर्दै उनले परिणाम निकाल्ने गरी काम गर्ने बताइन्।
काममा कुनै पूर्वाग्रह नराखि सबै मिलेर काम गर्नु पर्ने उनको भनाई छ। उनले कहिल्यै लोडसेडिङ नआउने अवस्था आउने गरी काम गर्ने बताइन्।
विजुली बत्ती नगएका ठाउँमा विजुलीको पहुँच पुर्याउने गरी काम गर्न निर्देशन दिइन्।
15
Shares
प्रतिक्रिया