ad ad

राजनीति


हाइटीका राष्ट्रपति जाेभेनल मोइजको बुधबार बिहानै गाेली हानी हत्या

हाइटीका राष्ट्रपति जाेभेनल मोइजको बुधबार बिहानै गाेली हानी हत्या

जोभोनेल मोइज


नेपालखबर
असार २३, २०७८ बुधबार १६:८,

उत्तर अमेरिकी राष्ट्र हाइटीका राष्ट्रपति जाेभेनलमोइजको बुधबार बिहानै हत्या भएको छ।

हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ। 

राजधानीको बाहिरी भागमा रहेको पोर्ट–अउ–प्रिन्सस्थित निजी निवासमै राष्ट्रपति मोइजको बुधबार बिहान १ बजे हत्या भएको त्यहाँका प्रधानमन्त्री क्लाउडे जोसेपले बताएका हुन्।

प्रधानमन्त्रीले निकालेको विज्ञप्तीमा हत्याको पुष्टि गरिएता पनि कसले हत्या गरेको भनेर बताइएको छैन।

यद्यपी आक्रमणकारीहरुको समूह स्पेनिस भाषा बोल्ने व्यक्तिहरु भएको जनाइएको छ। गोलाबारीबाट राष्ट्रपतिमाथि आक्रमण भएको थियो।

फर्स्ट लेडी मार्टिना मोइजमाथि पनि गोली प्रहार भएको छ। तर उनको अवस्थाको बारेमा केही जानकारी नदिइएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रधानमन्त्री जोसेपले राष्ट्रपतिको हत्यालाई ‘बदमाश, अमानवीय, र बर्बर’ आक्रमण भनेका छन्।

५ वर्षे कार्यकाल सम्पन्न हुँदा समेत राष्ट्रपति मोइज राष्ट्रपति पदमै आसिन भएपछि उनीसँग त्यहाँका जनता रुष्ट थिए।

उनको कार्यकाले गत फेब्रुअरी ७ तारिखमा सकिएको थियो। तर उनले राष्ट्रपतिको कार्यालय छाडन् नमानेपछि उनीविरुद्ध त्यहाँका जनता सडकमा उत्रिएका थिए।

हजारौं नागरिकले सडक अवरुद्ध पारेर राजीनामाको माग गरेका थिए। तर सरकारले बदलामा २३ प्रदर्शनकारीलाई गिरफ्तार गर्यो। उनीहरुमाथि राष्ट्रपतिमाथि हत्या प्रयास गरेको आरोप लागेको थियो।

मोइजले आफ्नो कार्यकाल समाप्त भएको विषयमा अझै एक वर्ष कार्यकाल रहेको बताउँदै आएका थिए। उनले एकवर्ष चुनावमा धाँधली भएको विषयमा विवाद भएकाले त्यसलाई गन्न नमिल्ने दाबीगर्दे आएका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .