राजनीति


नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार हस्तान्तरण

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार हस्तान्तरण

नेपालखबर
असार २१, २०७८ सोमबार १४:३८,

नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका हतियार हस्तान्तरण गरेको छ।

जंगी अड्‍डामा सोमबार आयोजित एक कार्यक्रमबीच ​प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिसन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका छन्।

नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिनगनहरु गरी जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिसन गोटा १४ लाख ९४ हजार १६ उपलब्ध गराउने मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको बैठकले निर्णय गरेकाे थियाे। साेही बमोजिम तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको हो।

प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको हो। 

उक्त हतियार तथा एम्युनिसन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिसन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने उक्त अवसरमा जानकारी दिइयो। उपलब्ध गराइएका हतियारहरुको मर्मत सम्भार तथा अपरेसन तालिमसमेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ। 

उक्त अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्रमणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाबीच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिसन हस्तान्तरण सम्बन्धी सम्झौता पत्र आदान प्रदान भएको थियो। 

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad