राजनीति


फिलिपिन्समा विमान दुर्घटना हुँदा ४७ सेनासहित ५० जनाको मृत्यु, ४९ घाइते

फिलिपिन्समा विमान दुर्घटना हुँदा ४७ सेनासहित ५० जनाको मृत्यु, ४९ घाइते

फिलिपिन्स विमान दुर्घटना


नेपालखबर
असार २१, २०७८ सोमबार ११:३९,

फिलिपिन्समा आइतबार भएको सैन्य विमान दुर्घटनामा परेर हालसम्म ५० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४७ सेना र ३ सर्वसाधारण भएको बताइएको छ। घाइते हुने सबै ४९ जना सेना नै भएको बीबीसीले उल्लेख गरेको छ।

सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा विमान दुर्घटना भएको थियो। लकहीड सी–१३० विमान दुर्घटनाग्रस्त हुँदा त्यहाँ ९६ सेना सवार थिए।

सो विमानले तीन आम नागरिकको पनि ज्यान लिएको जनाइएको छ। विमान कसरी दुर्घटना भयो भनेर हालसम्म पत्ता लाग्न सकेको छैन।

अहिले फ्लाइटको डाटा रेकर्डरको खोजी भइरहेको छ। सो रेकर्डर भेटिएपछि दुर्घटनाको कारण खुल्नेछ।

At least 17 dead in Philippines military plane crash - LastTimes.News -  Breaking news, Instant news, World news,

सेनाका मेजर जनरल एडगार्ड अरेवालेले विमानमा आक्रमण भएको हुनसक्ने आशंकालाई अस्वीकार गरेका छन्। 

उनका अनुसार विमान रनवेबाट बाहिर गएको थियो। रनवेमै फर्कने प्रयास हुँदाहुँदै विमानमा आगो लागेको थियो।

सुलुको मुख्य शहर जोलोको हवाई अड्डादेखि केही किलोमिटर पर मात्र सेनाले सशस्त्र समूह अबु सय्यफसँग लडिरहेको छ।

उनीहरुसँग लड्नकै लागि सेनाहरु त्यहाँ गएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad