समाज


सुजिता भण्डारीको हत्यारा पक्रिन माग गर्दै चितवनमा राजमार्ग अवरुद्ध

सुजिता भण्डारीको हत्यारा पक्रिन माग गर्दै चितवनमा राजमार्ग अवरुद्ध

नेपालखबर
असार २१, २०७८ सोमबार ११:५,

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। 

यही असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर घरबाट निस्किएकी भण्डारी (माथि तस्बिर) आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी हुन्। 

उनको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि विरोध प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्। 

स्थानीयसँग सहमति गरी राजमार्ग खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घटना विवरण: 

घरबाट निस्केपछि अपहरणमा परेको भनिन्, १० दिनपछि जंगलमा मृत भेटिइन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad