राजनीति


प्रतिनिधि सभा पुनर्स्थापना भएपछि देउवालाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र सुरु भइसक्यो : लीलामणि

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि देउवालाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र सुरु भइसक्यो : लीलामणि

नेपालखबर
असार २१, २०७८ सोमबार १०:२९,

नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र सुरु भएको बताएका छन्। 

सोमबार बिहान सर्लाहीको हरिवनमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पोख्रेलले यस्तो बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा विघटन गरेकाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नेमा भने ढुक्क हुन उनले कार्यकर्तालाई आग्रह गरे।

उनले प्रतिनिधि सभा पुनर्स्थापना भएपनि विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिन विभिन्न दाउपेच सुरु भइसकेको दाबी गरे। ‘निश्चित रुपमा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ,’ नेता पोख्रेलले भने, ‘सर्वोच्चले प्रतिनिधि सभा विघटनलाई सदर गर्ने कुनै पनि कानुनी आधार छैन। तर, सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना  गर्दा पनि विपक्षी गठबन्धनलाई सरकार बनाउन नदिन विभिन्न षड्यन्त्र सुरु भइसकेका छन्, त्यसप्रति हामी सचेत हुन जरुरी छ।’

उनले विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न नदिन  राष्ट्रिय, अन्तर्राष्ट्रिय दाउपेच सुरु भइसकेको बताए। ‘मुलुकमा खिलराज रेग्मीको पुनरावृत्ति हुने सम्भावना पनि छ,’ नेता पोख्रेलले भने, ‘त्यस्तो सम्भावनालाई ओलीको प्रतिगमन विरुद्धमा रहेका दलहरुले चिर्नुपर्छ।’

उनले माओवादी केन्द्रलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताए। ‘अहिले हामी सबै त्यसको तयारीमा लागेका छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad