समाज


घरबाट निस्केपछि अपहरणमा परेको भनिन्, १० दिनपछि जंगलमा मृत भेटिइन्

घरबाट निस्केपछि अपहरणमा परेको भनिन्, १० दिनपछि जंगलमा मृत भेटिइन्

नेपालखबर
असार २१, २०७८ सोमबार १०:२०,

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी मृत फेला परेकी छन्। 

आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा उनको शव फेला परेको हो। 

उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन्। त्यस दिन बिहान ६ बजे उनी साथीको घर जाने भनेर घरबाट निस्केकी थिइन्। 

उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताएका छन्। 

जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेकोे छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय (चितवन) का प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए। 

घटना अध्ययनकै लागि शव नउठाइएको उनले बताए। 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरोले घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, ‘सूक्ष्म रूपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad