मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षाको माग गर्दै विद्यार्थीले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
शुक्रबार संयुक्त विद्यार्थी संगठनको आयोजनामा विद्यार्थीले प्रदर्शन गरेका हुन्। उनीहरूले मध्यपूर्वका देशमा कार्यरत नेपाली नागरिकको सुरक्षाको पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

यस्तै, विद्यार्थीले शान्तिको कामना गरेका छन्। उनीहरूले इरानमाथि भइरहेको आक्रमण बन्द गर्न पनि माग गरेका छन्।
तीन सातादेखि अमेरिका र इजरायले इरानमाथि आक्रमण जारी राखेको छ। त्यसको प्रतिउक्तरमा इरानले पनि मध्यपूर्वका देशमा रहेका अमेरिकी सैनिक अखडा र इजरायलमाथि आक्रमण गरिरहेको छ।










15
Shares

प्रतिक्रिया