फोटो


जलेको संसद् भवन नियाल्दा भावुक बनिन् पूर्वराष्ट्रपति विद्या भण्डारी (तस्बिरहरू)

जलेको संसद् भवन नियाल्दा भावुक बनिन् पूर्वराष्ट्रपति विद्या भण्डारी (तस्बिरहरू)

सबै तस्बिर : सरोज शाही/नेपालखबर


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १४:३६, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको संसद् भवन नियाल्दा पूर्वराष्ट्रपति विद्या भण्डारी भावुक बनेकी छन्।

बिहीबार पूर्वराष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेकी थिइन्। उनले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा गरिएको तोडफोड र आगजनीबाट भएको क्षतिको अवस्था नियालेकी थिइन्। 

त्यसक्रममा उनी भावुक बनेको थिइन्। संसद् भवन अवलोकनका क्रममा उनले कुनै प्रतिक्रिया दिइनन्। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले क्षतिबारे जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad