फोटो


यस्ताे छ नेपालमा सार्वजनिक भएकाे किया सेल्टोस (फाेटाेफिचर)

यस्ताे छ नेपालमा सार्वजनिक भएकाे किया सेल्टोस (फाेटाेफिचर)

प्रविन कोइराला
पुस ४, २०७६ शुक्रबार १०:१४,

किया मोटर्सले नयाँ एसयूभी सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ। किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले सेल्टोस नेपालमा सार्वजनिक गरेको हो।

सेल्टोसका ६ भेरिएन्ट भए पनि हाल नेपालमा ४ भेरियन्टका गाडी नेपाली बजारमा उपलब्ध हुने जानकारी दिएको छ। सबै गाडी पेट्रोल इन्जिनमा छन् भने एचटीकेप्लस डिजेल इन्जिनमा रहेको छ। कम्पनीले सेल्टोसको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने टप भेरिएन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकेको छ।

पेट्रोल इन्जिन भएका एचटीके ४९ लाख ९० हजार, एचटीके प्लस ५३ लाख ४० हजार, एचटीएक्स ५९ लाख ९० हजार र एचटीएक्स प्लसको ६६ लाख ९० हजार रहेको छ। डिजेल इन्जिनमा रहेको एचटीके प्लसको मूल्य ५७ लाख ९० हजार रहेको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले नेपालमा नाडा आटो शो २०१९ बाट बुकिङ सुरु गरेको थियो। जसमा २ सयभन्दा बढी बुकिङ भइसकेको बताएको थियो। भारत–६ इन्जिन जडित कियाको ग्लोबल मोडल हो। यसले विश्वभरका मिड एसयूभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ।

यो पनिः
किया सेल्टोस नेपालमा सार्वजनिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .