भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने बताइन्।
उनले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गरिन्। ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ। अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउ। त्यसपछि हामी अगाडी बढ्न सहज हुन्छ।’
सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताए। अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया