नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। अँइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच अध्यक्ष विद्धान गुरुङले केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
गुरुङले भने शनिबार नै देउवा निवास धुम्बाराहीमा पार्टी सभापति शेरबहादुर देउवाबाट शपथ लिएका थिए।
तरुण दलको अध्यक्षमा गुरुङलाई देउवाले २०७८ चैत ९ गते नियुक्त गरेका थिए भने गत असार १३ गते ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।
अध्यक्ष गुरुङले आफू नियुक्त भएको २० महिनापछि शपथ लिएका हुन्।
81
Shares
प्रतिक्रिया