नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा हाइटेक प्रविधिबाट मतदान भइरहँदा प्रचार प्रसार भने सो अनुकुल हुन सकेको देखिँदैन।
४० वटा विद्युतीय मेसिनमार्फत प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। उनीहरूलाई मतदानस्थल पुग्नकै लागि प्रविधिकै साहाराबाट परिचयपत्र ‘डिटेक्ट’ गराएर प्रवेश दिइएको छ।
तर, तीनै मतदाता मतदानस्थल बाहिर भने विभिन्न उम्मेदवारका पोस्टर यत्रतत्र छरेर अव्यवस्थित बनाइरहेको देखिन्छ।
पार्टी मुख्यालयभित्रको चौरमा उम्मेदवारका पोस्टरहरू भद्रगोल देखिन्छ। रूख, झ्याल, चौरमात्रै होइन गेटमा समेत अव्यवस्थित प्रचारका सामाग्रीहरूले उच्च प्रविधिबाट चुनाव गराइरहेको एमालेको परम्परागत तस्बिर प्रष्ट देखिन्छ।
हेरौं च्यासलका केही थप तस्बिरहरूः
असोज १२, २०८०, शुक्रबार
99
Shares
प्रतिक्रिया