ad ad

फोटोफिचर


गुलमोहरले ढकमक्क वीरेन्द्रनगर, सेल्फी खिच्नेको ताँती (तस्बिरहरू)


दिनेश बुढा
बैशाख २८, २०८१ शुक्रबार १९:१०, सुर्खेत

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गुलमोहरले वीरन्द्रनगर सहर गुल्जार बनेको छ। 

फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिएको गुलमोहर वीरेन्द्रनगरका विभिन्न सडक किनारामा यतिबेला फक्रिएको छन्। बसन्त ऋतुको आगमनसँगै वीरेन्द्रनगर–७, ८, १० का विभिन्न ठाउँमा गुलमोहर फुलेर ढकमक्क भएको छ। 

वीरेन्द्रनगरका घण्टाघर, कुइनेपानी, ईत्राम लगायतका ठाउँमा फुलेका गुलमोहरहरूले जो कसैलाई पनि मोहित बनाएको छ।

पछिल्लो समय फूलको नजिक गएर फोटो खिच्ने, टिकटक बनाउ्ने, भिडिओ बनाउनेहरूको समेत ताँती लाग्ने गरेको छ। धेरैजसो सडकमा आजवजावत यात्रा गर्नेहरू गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न र सेल्फी खिच्न व्यस्त देखिन्छन्। 

कुइनेपानी क्षेत्रको सडक छेउ, ईत्राम लगायतका क्षेत्रका सुनसान सडकमा गुलमोहर फुलेर बसन्त ऋतुमा प्रकृतीलाई रमणीय बनाइदिएका छन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .