ad ad

फोटोफिचर


सोल्टी होटलमा गैरआवासीय नेपाली संघको विश्व सम्मेलन (तस्बिरहरू)


सरोज नेपाल
असोज ३०, २०८० मंगलबार १५:४०, काठमाडौँ

गैरआवासीय नेपाली संघ विश्व सम्मेलनले सोल्टी होटलमा रौनकता देखिएको छ। शुक्रबारसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ। 

सम्मेलनमा विश्वभरबाट छानिएर आएका प्रतिनिधीले एक आपसमा परिचयसँगै उम्मेदवारले मत मागिरहेका छन्। प्रतिनिधीहरू पूर्व अध्यक्षहरू उपेन्द्र महतो, जीवा लामिछाने र भवन भट्टसँग तस्बिर खिचाउन तछाड मछाड गरिरहेका छन्। 

४ हजार २२७ प्रतिनिधिमध्ये केही काठमाडौंमा जम्मा भएका छन् भने बाँकी सम्बन्धित देशबाट फेसियल भेरिफिकेसनको आधारमा मतदान गर्दैछन्। 

अध्यक्षसहित पदाधिकारीका उम्मेदवार समर्थकले पोस्टर, पम्प्लेट वितरण गरी मतदानका लागि आग्रह गरिरहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .