नगरिक अगुवाहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्।
आइतबार नागरिक अगुवाहरुले काठमाडौँको कमलपोखरीमा महानगरपालिका कंक्रिटको फूल फूलाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले बालाजुमा जनताका घर गैरकानुनी रुपमा भत्काएर सूचना केन्द्र निर्माण गरेको भन्दै विरोध जनाएका हुन्।
उनीहरुले‘नागरिकको उठिवास गर्ने, कस्तो सरकार? कस्तो विकास’, ‘कंक्रिटको कमलपोखरी चाहिँदैन, संसदा संरक्षण खै?’, ‘राज्य संयन्त्रका अंगहरुको दुरुपयोग बन्द गर’, ‘बालाजु बाइपासमा उठिबास गराएका स्थानीयहरुलाई सोही स्थानमा पुनःस्थापना गर’ लगायतका प्लेकार्ड बोकेरप्रदर्शन गरेका थिए।
उनीहरुले काठमाडौँ महानगरपालिकामा सम्पादा मास्ने भूत जागेको भन्दै धुप, दीप गरेर सांकेतिक रुपमा भूत भगाएका थिए।
हेरौँ केही तस्बिर
प्रतिक्रिया