प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनमा आबद्ध नागरिक अगुवाहरुले म्यानमारमा भएको सैनिक कुविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
‘हामी म्यानमारी जनताको पक्षमा छौँ’ भन्दै माइतीघरमा नागरिक समाजका अगुवाहरूले विरोध प्रदर्शन गरेका हुन्।
नागरिक अगुवा नारायण वाग्लेलगायतले नागरिक अधिकार कायम गर, म्यानमारमा नागरिक सर्वोच्चता कायम गर, सैन्य कु मूर्दावादजस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
केही तस्बिरः









प्रतिक्रिया