पोखराको पर्यटकीय गन्तव्य सराङकोटमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लागेको छ। त्यसो त यो समयमा पोखरा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकले भरिने समय हो।
तर कोरोना महामारीको कारण ठप्प बनेको पर्यटकीय क्षेत्र विस्तारै उठ्न खोज्दै छ। यस्तोमा सुन्दर नगरी पोखरामा आन्तरिकसँगै भारतीय पर्यटक पनि भित्रिन थालेका छन्। पोखरा घुम्न आउने सबैजसो पर्यटक सराङ्कोट नपुगी फर्किए भने पोखरा भ्रमण अपूरो हुन्छ। बिहानको समयमा सूर्योदयको अवलोकन गर्न सराङकोट पुग्ने गर्छन्। पश्चिमबाट जुन अस्ताएको केही समयमा नै पूर्वतिरबाट सूर्यको घेरो बस्न सुरु गर्छ। सूर्यको पहिलो किरण अन्नपूर्ण हिमशृङ्खलामा परेसँगै पोखरा उठ्न सुरु गर्छ।
सराङकोटबाट कुमारी हिमालको रुपमा परिचित माछापुच्छ्रेसँगै नमस्ते आकारमा देखिने फेवाताल र त्यहाँबाट देखिने पोखराको सुन्दर दृश्यले जो कोहीलाई पनि मोहित नपार्ने कुरै भएन। कोरोनाको कारण यतिबेला विदेशी पर्यटक नपुगे पनि आन्तरिक पर्यटकको घुइँचो लागेको छ।
त्यही सराङकोटबाट देखिएको सूर्योदयको केही तस्बिरहरु :
प्रतिक्रिया