२०७२ मा गएको भुकम्पले क्षति पुगेको दशरथ रंगशालाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
बजेट अभाव र भिआइपी प्याराफिट भत्काउँन समय लागेको रंगशाला आउँदो डिसेम्बरमा हुने १३औं दक्षिण एसियाली खेलकुद(साग) अघि निर्माण सम्पन्न गरिसक्ने राखेपले जनाएको छ।
रंगशालामा भीआइपी प्याराफिटको छानो हाल्ने बाहेक प्याराफिट पुनर्निमाणको काम सकिएको छ। प्याराफिटमा कुर्सीहरु राख्न बाँकी छन्।
चीनको सहयोगमा फ्लड लाईड, सेन्थेट्रिक ट्याक र साउण्ड सिस्टम जडानको काम पनि सकिएको छ।
फुटबल मैदानमा घाँस काँटछाँटको काम भने बाँकी छ। भुकम्पपछि कुनैपनि खेल सञ्चालन हुन सकेको रंगशालामा पुन: निर्माणको अन्तिम चरणमा रहँदा देखिएका दृश्यहरु तथा भिडियो:
3
Shares

प्रतिक्रिया