नेपाल पत्रकार महासंघको पहलमा अग्रमोर्चामा खटिएर काम गर्ने पत्रकारको कोरोना परीक्षण भइरहेको छ। मंगलबार महासंघको केन्द्रीय कार्यालयमा १९१ जनाको स्वाब संकलन गरिएको छ।
महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परीक्षणका लागि स्वाब संकलन गरिएको जानकारी दिएको छ।
यसअघि ३५० जना सञ्चारकर्मीको कोरोना परीक्षण गरिएको पनि महासंघले जनाएकोछ।
प्रतिक्रिया