ad ad

राजनीति


लिपुलेक विवाद नेपाल र भारतबीचको मामिलाः चीन

लिपुलेक विवाद नेपाल र भारतबीचको मामिलाः चीन

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १३:५७,

लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि भारतले अतिक्रमण गरेका कारण भएको विवादलाई चीनले साे मामिला नेपाल–भारतबीचको द्विपक्षीय विवाद भनेको छ।

चीनले त्यसमा आफू नजोडिने दाबी गरेको छ।

मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाउ लिजियनले सो धारणा व्यक्त गरेका हुन्।

‘कालापानी क्षेत्रको विषय नेपाल र भारतबीचको मुद्दा हो। दुई मुलुकले मैत्रीपूर्ण परामर्शमार्फत् भिन्नताहरुलाई उचित किसिमबाट सल्टाउनेछन् भन्ने हामीलाई विश्वास छ,’ उनले भनेका छन्।

यो स्थितिलाई थप जटिल बनाउने गरी कुनै एकपक्षीय कदम चालिने छैन भन्ने पनि चीनले विश्वास व्यक्त गरेको छ।

याे पनि: 
लिम्पियाधुरा, लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिने अठोटका साथ नक्सा जारी गरेका हौँ : प्रधानमन्त्री

सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित, मन्त्री भन्छन् : यो निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .