नेवार समुदायले आज मार्गशुक्ल पूर्णिमामा ‘यमरी पुन्ही’ मनाउँदै छन्। घरघरमा चामलको पिठोबाट बनेको परिकार यमरी पकाउने, धान–चामल–यमरी दान गर्ने र देवी–देवताको पूजा गर्ने परम्परा छ।
मल्लकालीन समयमा लोकप्रिय रहेको ‘त्यःछिं त्यः, बकछिं त्यः’ गाउँदै घरघरमा यमरी माग्ने परम्परा अहिले भने लोप हुँदै गएको संस्कृतिकर्मीहरूको भनाइ छ।
धन–धान्य वृद्धि हुन्छ भन्ने विश्वासका साथ यमरीलाई कुवेर र गणेशको प्रतीक मानिन्छ। पहिलो धान भित्र्याएपछि भकारीमा यमरी चढाउने चलन भएकाले यो दिनलाई धान्यपूर्णिमा पनि भनिन्छ।
किम्वदन्ती अनुसार पनौतीका दानी सुचन्द्र दम्पतीलाई कुवेरले यमरीको महिमा बताएपछि यो संस्कार नेवार समुदायमा स्थापित भएको मानिन्छ। समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र यमरी दान गर्ने परम्परा आज पनि जीवित छ।
हेर्नुहोस् काठमाडौँ उपत्यकामा यमरी पुन्हीको रौनक :








Shares

प्रतिक्रिया