कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल भइरहेको छ। सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) फ्लडलाइटमा सुरु भएको हो।
अहिलेसम्म प्रतियोगितामा तीन खेल भइसकेका छन्। प्रतियोगितामा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ। काठमाडौँले एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हरायो।
त्यस्तै दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई सहजै पाखा लगायो। मंगलबार राति सम्पन्न तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई सहजै हरायो।
यसपटक मैदान पहिलेभन्दा सजिएको छ। बस्नका लागि सीट, फ्लडलाइटले मैदान झकिझकाउ र सुन्दर देखिएको छ।
हेरौँ मंगलबार साँझ खिचिएको तस्बिरहरू




54
Shares

प्रतिक्रिया