राजनीति


शंकर पोखरेल बारा जाने भएपछि जेनजीको प्रदर्शन, सिमरामा कर्फ्यु लगाइयो

विमानस्थल बन्द हुँदा पोखरेल लगायतका नेता काठमाडौँ विमानस्थलमा रोकिए
शंकर पोखरेल बारा जाने भएपछि जेनजीको प्रदर्शन, सिमरामा कर्फ्यु लगाइयो

तस्बिर : गणेश बस्नेत


नेपालखबर
मंसिर ३, २०८२ बुधबार १२:५०, काठमाडौँ

नेकपा एमाले महासचिव शंकर पोखरेल  बारामा जाने भएपछि सिमरामा प्रदर्शन भएको छ। पोखरेलको स्वागतका लागि विमानस्थलमा आएका एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप भएपछि 

बारा जिल्ला प्रशासनले दिउँसो १२ः३० देखि बेलुका ८ बजे सम्मलाई कर्फ्यु लगाएको छ। प्रदर्शनका कारण विमानस्थ बन्द गरिएकाले पोखरेल भने काठमाडौँ विमानस्थलमै रोकिएका छन्। 

उनका स्वकीय सचिव सरोज रेग्मीले विमानस्थल बन्द भएकाले विमानस्थल खुल्ने प्रतिक्षामा काठमाडौँमै रहेको बताए। पोखरेलको साथमा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत लगायत पनि छन्। रेग्मीका अनुसार उनीहरु युवाहरूको कार्यक्रममा बारा जाँदै थिए। 

जेनजी युवाहरुको प्रदर्शन र राजनीतिक दल-सम्बद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षाको जोखिम उच्च बनेको भन्दै तत्काल लागू हुने गरी कर्फ्यू लगाएको जिल्ला प्रशासन बाराले बताएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशअनुसार आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कुनै पनि व्यक्ति तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला वा जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन्।

कर्फ्यू लागू हुने क्षेत्र
गण्डक नहरदेखि पथलैया सडकखण्डः राजमार्गको दायाँ-बायाँ ५०० मिटर

सिमरा विमानस्थल परिसरः चारैतिर ५०० मिटर क्षेत्र

कर्फ्यू अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारी–साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी र हवाई टिकट बोकेका यात्रुहरूको आवागमन सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।

प्रशासनले परिस्थितिलाई नियन्त्रणमा ल्याउन तथा सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै सबैलाई कर्फ्यू आदेश पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad