फोटोफिचर


एनपीएलका लागि तम्तयार त्रिवि क्रिकेट रंगशाला (तस्बिरहरू)


सरोज नेपाल
कात्तिक ३०, २०८२ आइतबार २२:१४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि त्रिवि क्रिकेट मैदान तयार छ।

मंसिर १ गते (सोमबार) सुरु हुने एनपीएलको तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

एनपीएलको यो दोस्रो संस्करण फ्लडलाइटको उज्यालोमा हुँदैछ भने दर्शकले प्यारापिटमा बसेर खेल हेर्नेछन्।

त्रिविमा १० हजार सिट क्षमताको प्यारापिटसहितको रंगशाला तयार भइसकेको छ। 

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगाशालामा जडित फ्लड लाइट तथा प्यारापिट क्यानलाई हस्तान्तरण गरेको छ।
 
मन्त्रालयलले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई फ्लड लाइट  र प्यारापिट हस्तान्तरण गरिएको हो। आइतबार साँझ सहरी विकासमन्त्री कुलमान घिसिङले उद्घाटन गरेसँगै फ्लड लाइट क्यानलाई हस्तान्तरण भएको छ। 

फ्लड लाइटका लागि अहिले २ वटा जेनेरेटर जडान गरिएको छ। दोस्रो चरणको प्रक्रिया छिट्टै सुरु गर्नेछ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्। 

एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ।

बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ।

त्यसपछिका चार खेल फ्लडलाइटमा हुनेछन्। 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad