फोटोफिचर


ड्रोन तस्बिरमा जेनजीको प्रदर्शन


सरोज नेपाल
भदौ २३, २०८२ सोमबार १२:३८, काठमाडौँ

१३–२८ वर्ष उमेरसमूहका जेनजी प्रदर्शनकारीले सरकारविरुद्ध थालेको प्रदर्शनले चर्को रूप लिँदै गएको छ।

बिहान ९ बजेदेखि सडकमा निस्किएका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरू विद्यालयकै ड्रेसमा प्रदर्शन गर्न उत्रिएका छन्। सरकारविरुद्ध नारा लगाइरहेका उनीहरूले प्रदर्शन उग्र बन्दै गएपछि अहिले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ।

प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले हवाई फायर गरेको छ। त्यत्तिकै पानीको फोहोरा पनि हानिरहेको छ। प्रदर्शनकारीको संख्या भने बढिरहेको छ।

प्रदर्शनकारीहरू बिहान माइतीघरमा भेला भएर मध्याह्नतिर हजारौँ संख्यामा जम्मा भई निषेधित क्षेत्रतर्फ अघि बढेका हुन्। संघीय संसद् भवनका तीनवटै गेट जेनजीले घेरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad