यातायात व्यवसायी सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।
सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन्।
देशभर यातायात ठप्प पारेका यातायात व्यवसायीले आफ्ना सवारी साधान पार्किङ स्थलमै थन्काएका छन्। काठमाडौँको नयाँ बसपार्कमा पनि सयौँ गाडी यसरी नै थन्किएका छन्।
हेरौँ यसको ड्रोन भ्यू :








411
Shares

प्रतिक्रिया