फोटोफिचर


झनै चिटिक्क हुँदै वसन्तपुर क्षेत्र, यसरी गरिँदै छ विद्युतीय तार व्यवस्थापन (तस्बिरहरू)


सरोज नेपाल
बैशाख २२, २०८२ सोमबार १३:४२, काठमाडौँ

काठमाडौं महानगरपालिकाले धमाधम वसन्तपुर निर्माण क्षेत्रमा विद्युत् तथा केबलका तारको भूमिगत व्यवस्थापन थालेको छ। 

हनुमानढोका क्षेत्रमा विद्युत् तथा केबल तार व्यवस्थापन भइरहेको हो। 

यसअघि नै ढुंगा बिछ्याउने ठेक्का लागे पनि त्यसलाई रोकेर सुख्खायाम भएकाले पहिला तार व्यवस्थापनलाई अगाडि बढाइएको काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेश कुमार राईले बताए।

तार व्यवस्थापन सकिएपछि ढुंगा बिछ्याउने कामलाई निरन्तरता दिइने उनको भनाइ छ।

उनले विभागको काम ढुंगा बिछ्याउने भए पनि पहिला तार व्यवस्थापन सकेर गर्दा पछि भत्काउन नपर्ने र अहिले सुख्खायाम पनि भएकाले प्राथमिकता दिएर काम गरेको जानकारी दिए। 

'लाइटिङ एन्ड केबल मेनेजमेन्ट विथ अन्डरग्राउन्ड केबलिङ इन वसन्तपुर केएमसी' परियोजना कार्यान्वयन भइरहेको हो। यसले हनुमान ढोका क्षेत्रको सौन्दर्य बढाउने महानगरले उल्लेख गरेको छ। 

यो कामसँगै हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमलाई फाइदा पुग्नेछ। यो कामको जिम्मा ब्राइट सन कम्पनी प्रालिले पाएको छ।

गत माघ ७ गते सम्झौता भएको यो काम कम्पनीले आगामी माघ ६ गते पूरा गरिसक्नुपर्ने महानगरले उल्लेख गरेको छ। 

यो कामका लागि २ करोड ९२ लाख ७३ हजार ७०६ रुपैयाँमा ठेक्का सम्झौता भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad