नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसी र पोखरा थन्डर्सले बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न शनिबारको पहिलो खेलमा झापाले पोखराविरुद्ध १–१ गोलको बराबरी खेलेको हो।
जारी प्रतियोगितामा झापाको यो चौथो बराबरी हो। यता, पोखराको भने यो दोस्रो बराबरी हो।
पाँच खेलबाट पाँच अंक पुर्याएको पोखरा चौथो स्थानमा उक्लिएको छ। झापा भने चार अंकसहित छैटौं स्थानमा यथावत छ।
पोखराका स्टेफन समीर बिनोङले गोल गरे। अर्सिक लाजारले गोल फर्काउँदै झापाको हार टारे।
पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। तर, दोस्रो हाफको सातौं मिनेटमै बिनोङको गोलमार्फत पोखराले सुरुआती अग्रता लियो।













135
Shares

प्रतिक्रिया