प्रायः काठमाडौँ उपत्यकाका सडकमा पैदलयात्रुलाई वारपार गर्न पुल बनाइएका हुन्छन्। पुल नभएका ठाउँमा जेब्रा क्रसिङ हुन्छन्। अझ केही समययता उपत्यकाका केही ठाउँमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधिसमेत जडान गरिएको छ।
सडकमा पैदल यात्रुलाई सहज र सुरक्षित बनाउन उक्त प्रविधि भित्र्याइएको हो।
तर चेतनाको अभाव र हेलचक्र्याइँका कारण मानिसहरू आकाशे पुल, जेब्रा क्रसिङभन्दा सडकबाटै बाटो काटिरहेका हुन्छन्।
यसले जनधन क्षति हुने क्रम दिनप्रतिदिन बढिरहेको देखिन्छ।
पैदल यात्रुहरूको हेलचक्र्याइँ यतिसम्म हुन्छ कि नजिकै पुल छ भए पनि यात्रु तलैबाट बाटो काट्छन्। यसले सवारी दुर्घटना बढाइरहेको छ।
ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दादुर्घटना बढ्दै गएका छन्।
कतिपयलाई भने जानकारी पनि छैन। उनीहरूमा सचेतना अभियान सञ्चालन गर्न जरुरी देखिन्छ।
आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले खिचेका जथाभावी बाटो काटिरहेका केही तस्बिर-
























Shares

प्रतिक्रिया