अंग्रेजी नयाँ वर्षको रमझम। अघिल्लै दिनबाट ‘न्यु इयर इभ’को नाममा देशभरकै मुख्य मुख्य सहरका केही स्थानमा युवा जमात झुमिरहेको थियो।
काठमाडौँको ठमेललगायतका ठाउँमा मानिसहरूको थामिनसक्नु भीड देखिन्थ्यो।
नयाँ वर्षको यही माहोललाई कैद गर्ने उद्देश्यसहित रिङरोडलाई फन्को लगाउने क्रममा ललितपुरको एकान्तकुनामा भने फरक दृश्य देखियो।
बुधबार बिहान त्यस्तै ३ बजेको हुँदो हो। ललितपुरको भैँसेपाटीतर्फबाट एकान्तकुना चोक हुँदै जावलाखेलतर्फ केही मानिस राँगा डोर्याउँदै थिए।
तराईबाट आएको बताउने उनीहरू अरू कुरा गर्न चाहिँ मानेनन्। उनीहरूको हाउभाउ र लबजले मधेसबाट आएका हुन् भन्ने पुष्टि नै गर्थ्यो।
एकान्तकुनाबाट रिङरोड क्रस गरी जावलाखेलतिर लागेका उनीहरूको हामीले केही स्न्याप लियौँ र त्यहाँबाट हिँड्यौँ।
केही तस्बिर–








570
Shares

प्रतिक्रिया