पर्यटकीय राजधानी पोखरामा यही पुस ९ गतेदेखि सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ।
बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा फाँटमा सुरु भएको महोत्सव ९ दिनसम्म चल्नेछ। पोखरालाई साहसिक खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ।

बेलुन प्रालिका प्रबन्ध निर्देशक सविन महर्जनका अनुसार महोत्सवमा १५ देशका बेलुन पाइलट सहभागी छन्। पोखराको आकाशमा एकैपटकमा १७ वटा विभिन्न आकार र डिजाइनका हटएयर बेलुन उड्न सुरु भएसँगै आकाश रंगिन बनेको छ।
महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुनसहित बेलुन पाइलटहरु सहभागी छन्।
उद्घाटन समारोहअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न संघसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो।
‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट लगायतका गतिविधि समेत हुनेछन्।

















Shares

प्रतिक्रिया