नेपालमा आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगिकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गते यो दिवस मनाउने गरिन्छ।
राष्ट्रिय झण्डा दिवसको अवसरमा काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा आज बिहान नेपालको राष्ट्रिय झण्डासहितको र्याली निकालिएको छ।
र्यालीपछिको सभालाई सम्बोधन गर्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगिकृत गरिएको स्मरण गरे।
उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग बढिरहेको दाबी गरे।







45
Shares

प्रतिक्रिया