सुर्खेत विमानस्थलको धावनमार्गमा कुकुर दौडिएपछि श्री एयरलाइन्सको विमानले केहीबेर असहजता व्यहोर्नुपरेको छ।
काठमाडौँबाट सुर्खेत आएको विमान अवतरण हुनु ४/५ मिनेटअघि धावनमार्गमा कुकुर दौडिएको थियो। त्यसपछि साइरन बज्यो र अवतरण गर्नै लागेको विमानलाई ओभरसुट गरियो।
त्यसपछि केही बेर विमानलाई आकाशमै होल्ड गरिएको थियो।
विमानस्थलका कर्मचारीले कुकुरलाई नेपाली सेनाको श्री पश्चिम एयर बेसबाट बाहिर धपाएपछि विमान सुरक्षित अवतरण भएको हो।
विमानमा १५ जना यात्रु सवार थिए।
243
Shares

प्रतिक्रिया