मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन आज (शनिबार) देशभरिका शिवालयसँगै काठमाडौँस्थित पशुपति मन्दिर क्षेत्रका पनि शतबीज छरिएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथको मूल मन्दिर, बागमती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेवनजिकै पुगेर शतबीज छरिएको हो।
शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका हुन्।
यस अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो। बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसी दीपदान गरेका थिए।
हेर्नुहोस् पशुपति क्षेत्रमा शुक्रबार रातिका यी दृश्यः






































Shares

प्रतिक्रिया